नेपाली फिल्म इन्डिष्ट्रीमा विराज भट्टको कमब्याक


काठमाडौं : एक्सन हिरो विराज भट्ट फेरि नेपाली फिल्म जगतमा फर्किएका छन् । कुनै समय नेपाली सिनेमामा दबदबा कायम गरेका विराज भट्ट लामो समय पश्चात ‘साङ्लो’ लिएर दर्शक माँझ आउंँन थालेका हुन् । कमब्याक सिनेमा ‘जय परशुराम’ रिलिज भएको झन्डै चार वर्ष पछि ‘साङ्लो’ रिलिज हुन् लागेको हो । यो बीचमा विराज भोजपुरी सिनेमामा व्यस्त रहेका थिए ।
यस अघि अभिनयमा मात्रै देखिने गरेका उनी पहिलो पटक नि’र्देशनमा पनि हात बढाएका छन् । त्यसैले ‘साङ्लो’ को प्रतिक्षामा दर्शकको ढुकढुकी बढेको छ । विहीबार नि’र्माण पक्षले सिनेमाको पहिलो गीत सार्वजनिक गरेको हो । ‘चरीले काफल’ बोलको गीतमा विराजसँगै डेब्यु अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् । सुदूरपश्चिमको रमणीय ठाउँमा छायांकन गरिएको गीतमा विराज र निकिताको जोडी सुहाएको छ । एक्सन स्टार विराजको लामो समय पश्चातको आगमनलाई दर्शकले स्वागत गरेका छन् । गीत रिलिज पछाडी विराजको कमब्याकलाई लिएर दर्शकले सका’रात्मक प्रतिक्रिया दिएका छन् ।



पहिलो २४ घण्टामा साढे ५ लाख भ्युज बटुलेको गीतमा ४ हजार ३ सय बढी कमेन्टको वर्षा भएको छ । जसमध्ये सबै कमेन्ट सका’रात्मक छन् । भिडियोमा ९७.७० प्रतिशत लाइक आएको छ । कुनै पनि गीतको लागि यतिको लाइक उच्च हो । भिडियोमा अधिकांस दर्शकले विराज र निकिताको नृत्य रुचाएका छन् । २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङमा पुगेको गीत उच्च स्थान लिएको छ ।
दर्शकको सकारा’त्मक प्रतिक्रियालाई हेर्दा ‘साङ्लो’ले नेपाली बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमानहरु सुरु भैसकेका छन् । सिनेमा माघ २४ गतेदेखि अलनेपाल रिलिज हुँदैछ । एक्सन, लभस्टोरी सिनेमामा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
विराज भट्ट प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा श्री श्रेष्ठको द्व’न्द्व नि’र्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ ।
हेर्नुस् भिडियो








