मौलिक हक कार्यान्वयनका लागि द’बाब स्वरुप प्रभात फेरि


काठमाडौं : सुदूरपश्चिम कानून विद्यार्थी समाजले स्वास्थ्य र वातावरण सम्बन्धी मौलिक हक कार्यान्वयनका लागि दबा’ब स्वरुप प्रभातफेरी कार्यक्रम सप्पन्न गरेको छ । शुक्रबार काठमाडौंमा ‘यो हो राजधानी, धूवाँधूलोको खानी, खै त स्वस्थ हावापानी? भन्ने मुख्य ना’ राका साथ उक्त संस्थाले प्रभात फेरि कार्यक्रम सप्पन्न गरेको हो ।

सुदूरपश्चिम कानून विद्यार्थी समाजको आयोजना भएको प्रभात फेरि कार्यक्रम भृकुटीमण्डपबाट सुरु भई टुडिखेल, रत्नपार्क परिक्रमा गरेर नेपाल ल क्याम्पस आगाडी को’णसभामा परिणत भएको थियो । सामाजिक अभियान्ता के पि खनाल, अधिवक्ता राजकुमार उप्रेती, संस्थाका महासचिव जीवन साउँद, अध्यक्ष गंगादत्त जोशी र उपाध्यक्ष साधना देउवाले कोणसभालाई सम्बोधन गरेका थिए ।
सांकेतिक रुपमा गरिएको आजको दबा’बमूलक कार्यक्रमलाई थप रचनात्मक ढङ्गले नीतिगत तहसम्म पुर्याउने प्रतिबद्धता जनाउँदै अध्यक्ष गंगादत्त जोशीले भने ‘धेरैलाई स्वास्थ्य र वातावरण हाम्रा मौलिक हक हुन भन्ने जानकारी सम्म छैन । राज्यले सबैभन्दा पहिले जनताहरुलाई कानून सिकाउन सक्नुपर्छ ।’ उनले भने, ‘मौलिक हकको हनन् गर्नु सामाजिक अप’राध हो ! अनि कार्यान्वयन गर्नु राज्यको दायित्व पनि हो । हेर्दा सामान्य लाग्नसक्छ तर प्रदुषण गरेर मौलिक हकको खुलेआम धज्जी उडाउनु राज्यको क’मजोर सम्यन्त्रको उपज हो ।’ कार्यान्वयन भएन भने कानूनको कुनै औचित्य रहँदैन । राज्यले नजर अन्दाज गरे सुदूरपश्चिम कानून विद्यार्थी समाज रि’ट मार्फत अदा’लत सम्म पनि पुग्नेछ ।’

उपाध्यक्ष साधना देउवाले भनिन् ‘Right to environment र health हाम्रा collective right हुन् । एक जनाको लाप’रबाहीले गर्दा अर्काको अधिकार हनन् हुनु हुंदैन । सफा पर्यावरणको हाम्रो अधिकार कसैले हनन् गर्छ भने शिक्षित नागरिकका हैसियतले आफ्नो अधिकार प्राप्तिका लागि हामीले आवाज उठाउन सक्नुपर्छ। स्वास्थ्य र वातावरण सम्बन्धी अधिकारका कानूनहरु प्रभावकरी तवरबाट कडाईका साथ लागू गरिनुपर्छ ।’



महासचिव जीवन साउँदले भने ‘कानून पढ्ने विद्यार्थीहरुलाई सामाजिक इन्जिनियर भनिन्छ । चेतनशील र सभ्य समाजको नक्सा कोर्नका लागि सकारात्मक चिन्तनको आवश्यकता पर्छ। सकारात्मक चिन्तनका लागि स्वस्थ मस्तिष्क चाहिन्छ जुन स्वच्छ वातावरणबाट मात्रै सम्भव छ । समाज सफाई गर्न आम नागरिकको सोच सफाई गर्न जरुरी छ । हाम्रो अभियान सभ्य र सुसंस्कृत सोच निर्माणका लागि हो ।’

उक्त कार्यक्रममा नेपाल ल क्याम्पस, नेसनल ल कलेज र चक्रवर्ती ल कलेज लगायत विभिन्न क्याम्पसका कानून अध्ययनरत विद्यार्थी र आम नागरिकसहित उपस्थिति रहेको थियो । को’णसभा सकिए लगत्तै नेपाल ल क्याम्पसको प्राङ्गणमा रहेको बगैंचा सरसफाई गरिएको थियो ।
संस्थाले कानूनी चेतनाका लागि सुदूरपश्चिम प्रदेश लगायत देशका विभिन्न ठाँउहरुमा कानूनी सहायता कर्यक्रम संचालन गरिरहेको छ । गत कार्तिकमा अछाम जिल्लाको रामारोशन गाउँपालिकामा तीन दिने कानूनी सहायता कार्यक्रम पनि गरेको थियो ।
सुदूरपश्चिम कानून विद्यार्थी समाज सुदूरपश्चिम स्थायी बसोबास भई देशका विभिन्न क्याम्पसहरुमा कानून विषय अध्ययनरत विद्यार्थीहरुको साझा संस्था हो ।









