रोल्पामा नेकपाका जनकबहादुर बुढा विजयी


रोल्पा : रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार जनकबहादुर बुढा मगर विजयी भएका छन् । उनले १ सय ७४ मत प्राप्त गरी वडाअध्यक्ष पदमा विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कलमबहादुर रोका मगरले २६ मत प्राप्त गरी प्राजित भएका छन् । २ सय ९ मत खसेको थबाङ १ मा ९ मत बदर भएका छन् ।



आजै भएको उपचुनावमा २ सय ९ जनाले मात्रै मतदान गरेका थिए । १ हजार २ सय ७४ जना मतदाता रहेको वडामा २ सय ९ जनाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए । थबाङ १ मा स्वत’न्त्रबाट भद्रकुमार झाँक्रीले उम्मेदवारी दिए पनि सहमति हुन नसकेको भन्दै उम्मेदवारी फिर्ता लिएका थिए ।









