श्रीलंकालाई हराउँदै सागकाे फाइनलमा नेपाली महिला भलिबल टिम

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको महिला भलिबल टीम फाइनलमा प्रवेश गरेको छ । शनिबार राति श्रीलंकालाई पराजित गर्दै नेपाली महिला भलिबल टीम सागकाे फाइलनमा प्रवेश गरेको हो।

श्रीलंकालाई ३-० काे सोझो सेटमा पराजित नेपालले स्वर्गणपदकको प्रति’स्पर्धा सुनिश्चित गरेको हो। नेपाली महिला भलिबल टीमले श्रीलंकालाई २५-१४, २५-१८ र २५-२१ ले पराजित गरेको हो। अब नेपालले स्वर्ण पदकका लागि भारतसँग प्रति’स्पर्धा गर्नेछ ।

साग महिला भलिबलमा नेपाल अहिलेसम्म फाइनल प्रवेश गरेको यो पहिलोपटक हो। यसअघि नेपालले महिला भलिबलमा कास्य जितेको थियो भने यसपटक रजत पदक पक्का भएको छ । स्वर्ण पदकका लागि समेत बाटो तय भएको छ।

सम्बन्धित खवर

Back to top button