चितवनमा कांग्रेसकाे क्लिन स्विप

चितवन : चितवनको दुई स्थानीय तहका तीन वडामा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले क्लिन स्विप गरेकाे छ। भरतपुर महानगरपालिका–१६, खैरहनी नगरपालिका–४ र ५ का तीनवटै वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन। यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको भरतपुर–१६ मा कांग्रेसले नतिजा उल्टयाएको हाे ।

कांग्रेसबाट विजयी वडाअध्यक्ष अमृत हमाल

राति साढे २ बजे सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार अमृत हमाल ३ हजार १८३ मत ल्याउँदै विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार भक्तराज हमाललाई ३०८ मतान्तरले पराजित गर्दै अमृत विजयी भएका हुन। भक्तराजले २ हजार ८७५ मत ल्याएका छन्।

यसअघि तत्कालीन नेकपा एमालेका उमेदवार चतुरमान गुरुङ निर्वाचित भएका थिए। गुरुङको क्यान्सरबाट नि’धन भएपछि उपनिर्वाचन भएको हो । वडाध्यक्षका उम्मेदवार समाजवादी पार्टीका अम्बरबहादुर थापाले २५, राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले ३९ र राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठीले ६ मत पाएका छन्। १२१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, खैरहनी नगरपालिका–४ र ५ दुवै वडामा कांग्रेस विजयी भएको छ। वडा नम्बर ४ मा नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मतान्तरले पराजित गर्दै कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेत विजयी भएका छन्। यस्तै, वडा नम्बर ५ मा कांग्रेसका उम्मेदवार प्रतिमा कार्की विजयी भएकी छिन्। कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मतअन्तरले प’राजित गरेकी हुन्। यी दुवै वडामा यसअघि कांग्रेले विजय भएको थियो। खैरहनी ४ र ५ का वडा अध्यक्षको सवारी दु’र्घटना मृ’त्यु भएपछि उपनिर्वाचन भएको हो।

सम्बन्धित खवर

Back to top button