अपडेट : बाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरेर ५ मजदुरको मृ’त्यु

कास्की : पोखराको एक स्थानमा बाटो खन्ने क्रममा आज बिहान ५ जना मजदुरको ज्यान गएको छ । पोखरा महानगरपालिका-२०, मौजाको बिसौनामा सडकको काम गरिरहेका ५ जना मजदुरको माटोको ढिस्कोले पुरिएर मृ’त्यु भएको हो । आइतबार बिहान साढे ७ बजेतिर ती मजदुर पुरिएको पोखरा २० का वडाध्यक्ष सिम गुरूङले जानकारी दिए ।

सडक स्तरोन्नति काम गर्ने क्रममा रिटेनिङ वालको कामका सिलसिलामा मजदुर पु’रिएका हुन्। ती मजदुर सल्यानबाट कामका सिलसिलामा यहाँ पुगेको बताइएको छ । २ जना ढिस्को खस्दा खस्दै भाग्न सफल भएको र ५ जना पु’रिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । पुरिने सबै सल्यान बागचौर नगरपालिका-४, सिमखोली र पेदिखोलाका भएको बुझिएको छ ।

पुरिनेमा जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेको एसपी कार्कीले जानकारी दिए ।

सम्बन्धित खवर

Back to top button