प्यूठान ऐरावती-२ मा नेकपाका बा’गी उम्मेदवार विजयी

प्यूठान : प्यूठानको एक वडामा नेकपाका बा’गी उम्मेदवार विजयी भएका छन् । जिल्लाको ऐरावती गाउँपालिका-२ को वडाध्यक्षमा नेकपाका बा’गी उम्मेदवार भिमेश कुमार घर्ती मगर विजयी भएका हुन् । नेकपाले जनमोर्चासँग तालमेल गरेर जनमोर्चाका उम्मेदवारलाई सहयोग गर्ने नि’र्णय गरेपछि घर्ती मगरले स्व’तन्त्र उम्मेदवारी दिएका थिए ।

घर्ती मगरले ८सय ५५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्व’न्दी राष्ट्रिय जनमोर्चाका भक्त बहादुर बिकले ५ सय ४ मत प्राप्त गरेका छन् । यस वडामा वडाध्यक्षका लागि एक हजार सात सय ४१ मत ख’सेको थियो ।

जसमध्ये २६ मत ब’दर भएको छ । मगर नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) ऐरावती गाउँ कमिटीका सचिवालय सदस्य समेत हुन् । तर, नेकपाले जनमोर्चासँग नै चुनावी तालमेल गरेपछि उनले बा’गी उम्मेदवारी दिएका थिए ।

सम्बन्धित खवर

Back to top button