कास्की २ बाट भारी मतले नेकपाकी विद्या भट्टराई विजयी


पोखरा : कास्की–२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन्। कांग्रेसका खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दै विद्या विजयी भएकी हुन्।
उनले कांग्रेस उम्मेदवार खेमराजलाई आठ हजार बढी मतअन्तरले जितेकी हुन्। विद्या २४ हजार तीन सय १५ मतसहित विजयी भएकी हुन् । उनका प्रतिद्व’न्द्वी अधिकारीले १५ हजार ९ सय ८६ मत ल्याएर पराजित भएका हुन् ।

ताप्लेजुङ हेलिकप्टर दु’र्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नि’धन भएपछि शनिबार उपनिर्वाचन भएको हो। विद्या रवीन्द्रकी पत्नी हुन्। विद्याको जितसँगै पोखरामा नेकपा नेता तथा कार्यकर्ताले खुशीयाली मनाएका छन्। निर्वाचन आयोगले मतगणनाको अन्तिम परिणाम औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन ।

२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा रविन्द्र अधिकारीले २७ हजार २०७ मत ल्याएर शानदार जित दर्ता गरेका थिए । उनका निकटतम प्रतिद्व’न्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मतमात्र ल्याएका थिए । नेकपाका लोकप्रिय नेता स्व’र्गीय अधिकारी २०६४/०७० मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। साेही क्षेत्रमा उनकी पत्नी विद्याले शानदार जित दर्ता गरेकी हुन् ।











