धरानमा कम्युनिष्टले जोगाउन सकेन लालकिल्ला: कांग्रेसका तिलक राई विजयी


सुनसरी : धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार विजयी भएका छन् । कम्युनिष्टको लालकि’ल्ला भनेर चिनिने धरानको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राइ विजयी भएका हुन् ।
२०१७ सालपछि भएका जस्तोसुकै चुनावमा बामपन्थीले जित्दै आएको धरानमा योपटक भने प्रमुख पदमा नेपाली कांग्रेसले ऐतिहासिक बा’जी मा’रेको हो । मेयर पदमा निर्वाचित भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका हुन्।



९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९.४९ प्रतिशत मत खसेको थियो। मेयरमा निर्वाचित तिलक राई २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए। अघिल्लो चुनावमा १६ हजार १ सय २ मत पाएका तिलकले यो पटक भने बढी मत पाएका हुन्।
मतगणना भएको सुरुवाती चरणमा मात्र झिनो मतले लिड गरेका प्रकाश राई त्यसपछि निरन्तर तिलक राईको पछि नै परेका थिए। साविक चुनावमा वामपन्थी समूहले जितेका ९ वटा वडामा कांग्रेसले बढी मत पाएको छ।








