कराँतेको महिला टिमले दिलाए नेपालललाई स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको महिला टिमले कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।

सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको फाइनल भि’डन्तमा नेपालले २४.८८ अंक ल्याउँदै स्वर्ण पदक जितेको हो। रजत जितेको पाकिस्तानले २३.३ अंक प्राप्त गर्यो।

नेपाली टिमका लागि निर्मला तामाङ, संगीता मगर र सरु कार्कीले स्वर्ण जिताएका हुन्। यसतर्फ समूह चरणमा नेपालले २४.७४, बंगलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलंकाको टिमले २२.२५ अंक जोडेका थिए।

सम्बन्धित खवर

Back to top button