अञ्‍जलीको कीर्तिमान बलिङ पहिलो ओभरमै नेपालको जित

पोखरा : नेपालले माल्दिभ्सलाई पहिले ओभरमै ह’राएको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्र’तियोगिता (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्सलाई १० विकेटले परा’जित गरेको हो । १७ रनको ल’क्ष्य प’छ्याएको नेपालले ५ बलमै जित निकालेको हो।

पहिले ब्याटिङ गरेको माल्दिभ्सले एकदमै ख’राब प्रद’र्शन गर्दै १६ रन बनाएको थियो । नेपालमा आएर एउटा अभ्या’स खेल खेलेको माल्दिभ्सका सबै खेलाडी दोहोरो स्कोर नगरी बा’हिरिए।

माल्दिभ्सविरु’द्धको खेलमा अञ्जली चन्दले महिला क्रिकेटकै कीर्तिमा’नी बलिङ गर्न सफल भइन्। माल्दिभ्सविरुद्ध बलिङमा उ’त्रिएकी उनले एक रन नखर्चिइ ६ विकेट लिएर नयाँ कीर्तिमा’न आफ्नो नाममा लेखाइन्।

अञ्जलीले पहिलो ओभरमा मेडेन राख्दै तीन विकेट लिएकी थिइन्। दोस्रो ओभरमा पनि उनले एक रन पनि दिइनन्। तेस्रो ओभरमा कुनै रन नदिइ अर्को विकेट झा’रिन्। यही प्रद’र्शनबाट उनले महिला क्रिकेटकै कीर्तिमा’नी रे’कर्ड बनाएकी हुन्।

यसअघि कम रन दिएर धेरै विकेट लिने कीर्तिमा’न मलेसियाकी मा’स एलिसाले बनाएकी थिइन्। एलिसाले चीनविरु’द्ध चार ओभरमा एक मेडेन राख्दै तीन रन दिएर ६ विकेट आफ्नो नाममा लेखाएकी थिइन्।

सम्बन्धित खवर

Back to top button