‘कांग्रेस कहाँ छ भनेर साेध्नेहरुलाई उपचुनावकाे परिणामले दियो जवाफ’


काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले उपचुनावकाे परिणामले सरकारप्रति जनताको अस’न्तुष्टि बढेको पुष्टि भएकोे बताएका छन् । यहीँ मंसिर १४ गते भएको उपचुनावकाे अन्तिम परिणामपछि कांग्रेसले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारप्रति असन्तु’ष्टि बढ्दै गएको पुष्टि उपचुनावले गरेको बताएका हुन् ।
कांग्रेसले उपचुनावमा परिणामलाई भन्दा निर्वाचनको प्रकृयालाई ध्यान दिँदा नि’स्पक्ष र भ’यरहीत वातावरणमा निर्वाचन भएको उनले बताए । उनले सरकार चुनावलाई भ’यरहीत र नि’स्पक्ष बनाउन भन्दा निर्वाचन आयोगको आचारसंहितालाई उलं’घन गरी प्रदेश प्रमुखहरुको पदलाई रिक्त गर्ने र नयाँ नियुक्त गर्ने तथा मन्त्री मण्डलको पुर्नगठन गर्न केन्द्रित भएको आ’रोपसमेत लगाए ।



यस्तो अवस्थामा कांग्रेसले केही स्थानीय तह गु’माएको भए पनि उपत्यकाको भक्तपुर र धरान उपमहानगरपालिका लगायतका महत्वपूर्ण स्थानमा जीत हासिल गरेको बताए । प्रवक्ता शर्माले उपचुनावकाे परिणामले कांग्रेस कहाँ छ भन्नेहरुलाई जवाफ दिएको समेत बताए ।
उनले मतदाताले दूरगामी अर्थ राख्नेगरी सन्देश दिएको भन्दै नेपाली कांग्रेस हरेक मतप्रति प्रतिबद्ध रहेको समेत बताए ।








