छाउगोठमा नि’स्सासिएर युवतीको मृ’त्यु

अछाम : अछममा एक युवतीको छाउगोठमा नि’स्सासिएर मृ’त्युु भएको छ । साफेबगर नगरपालिका-३, डिक्रेनीमा छाउपडी गोठमा निस्सासिएर २१ वर्षीया पार्वती रावतको मृ’त्युु भएको हो । घरभन्दा करिब १०० मिटर टाढा रहेको गोठमा मृ’त्यु गएको इलाका प्रहरी कार्यालय साफेबगरका प्रमुख नरपती भट्टले जानकारी दिए।

गोठमा आ’गो बालेकाले नि’स्सासिएर ज्यान गएको हुनसक्ने प्रहरीको अनु’मान छ । बिहान घरमा नआएपछि जेठाजु छत्र रावतले बोलाउँदा नबोले पछि गोठको ढोका फो’डेर भित्र हेर्दा उनी मृ’त भेटिएकी हुन्। महिनावरी भएको ४ दिनमा उनको मृ’त्यु भएको हो । उनका श्रीमान करन रावत रोजगारीका लागि भारतमा छन्। मृ’तकको माइती घर मेल्लख गाउँपालिक ७ नन्देगडा हो ।

१८ महिना पहिले उनले प्रेम विवाह गरेको थिइन् । आइतबार साँझ खाना खाएर सुतेकी रावत सोमबार बिहान मृ’त भेटिएकी हुन् । डिक्रेनीमा विवाहित महिलालाई ६ दिन र अविवाहितालाई ७ दिनसम्म गोठमा राख्ने चलन छ। हालसम्म अछाममा १५ जनाभन्दा बढीको छाउगोठमा ज्यान गइसकेको छ ।

सम्बन्धित खवर

Back to top button