श्रीलंकालाई ह’राउँदै नेपालले बटुल्यो तीन अंक


काठमाडौं : साग खेलमा आयोजक नेपालले श्रीलंकालाई ह’राएको छ । साग खेलकुद अन्तर्गत महिला फुटबलतर्फको खेलमा नेपालले श्रीलंकालाई हरा’एको हो ।
पोखरा रंगशालामा भएको खेलमा नेपाली टोलीका लागि सरु लिम्बुले ८६ औँ मिनेटमा गोल गर्दै जित दिलाएकी हुन् । श्रीलंकाले पुरै डि’फेन्सिप खेले पनि नेपालले अन्तिम समयमा गोल गर्न सफल भएको हो।



राउन्ड रोबिनमा खेलाइएको फुटबलमा यो जितसँगै नेपालले ३ अंक बटुलेको छ। अब नेपालले ५ डिसेम्बरमा माल्दिभ्स र ७ डिसेम्बरमा भारतसँग प्रति’स्पर्धा गर्नेछ।
फुटबलतर्फ सहभागी पाँच टिममा सबैभन्दा धेरै अंक बुटल्ने दुई टिमले स्वर्णका लागि फाइनल भि’डन्त गर्नेछन्।








