‘मलाई निको भईसक्यो, त्यत्तिकै थु’नेर राख्नु भा’छ’


काठमाडौं : मृगौला पीडित प्रधानमन्त्री केपी शर्मा ओली निकै बि’रामी छन् । तर उनीभित्रको जोश भने अझै पनि स्वस्थ मानिसको भन्दा कम छैन् । गत सातादेखि काठमाडौं महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्थाका विषयमा विभिन्न अ’डकल अनि अनुमानको खेती गर्नेहरु पनि कम छैनन् । बजारमा प्रधानमन्त्री ओलीको स्वास्थ्यका विषयमा अनेक कुराको अनुमानको खेती भईरहँदा हिजो (सोमबार) प्रधानमन्त्री ओलीले भिडियो सन्देश सार्वजनिक गर्दै आफू ठिक रहेको र स्वास्थ्य अवस्था निकै नै सुधार हुँदै गएको बताएका छन् ।
उपचारमा संलग्न बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीले प्रधानमन्त्री ओली निकै जब्बर व्यक्ति रहेको बताउँदै प्रधानमन्त्री ओलीको ‘फुल कन्फिडेन्ट’का कारण स्वास्थ्यमा पनि तीव्र सुधार आएको जनाएका छन् ।



दुईदिन अघि चिकित्सकहरुको टोली प्रधानमन्त्री ओली उपचाररत सघन कक्षमा पुग्यो । त्यसपछि एक बरिष्ठ चिकित्सकले प्रधानमन्त्री ओलीलाई साधे –हजुरलाई अहिले कस्तो छ ? जबाफमा प्रधानमन्त्री ओलीको भनाई उ’दृत गर्दै एक चिकित्सकले भने – ‘मलाई कस्तो पनि छैन, टुडिखेलमा गएर फुटबल खेलौ खेलौ जस्तो पो भईरहेको छ’। प्रधानमन्त्री ओलीको यो भनाई सुनेपछि सबै मज्जाले हाँस्न पुगेका थिए ।
त्यसो त एक दिन प्रधानमन्त्री ओलीले उपचारमा संलग्न नर्सलाई एकाएक सबै चिकित्सकहरुलाई बोलाउन लगाएका थिए । प्रधानमन्त्री ओलीले बोलाउन पठाएको भनेपछि सबै चिकित्सकहरु हस्याँङ–फस्याँङ गर्दै दौडिदै पनि आईपुगे, के–के न भयो भन्दै । चिकित्सकहरु आएपछि प्रधानमन्त्री ओलीले भने – ‘हामी सबै जना दौडौँ ’ ।
एक चिकित्सकले भनेछन् – किन दौडिने ? प्रधानमन्त्री ओलीले जबाफमा भनेछन्–‘ तपाईहरु सबैलाई म दौडेर नै जित्न सक्छु, जित्न सकिन भने प्रधानमन्त्री पदबाट म राजिनामा दिन्छु । मलाई निको भईसक्यो, तपाईहरुले त्यत्तिकै मलाई थुनेर राखिरहनुभएको छ । मैले धेरै काम गर्नुछ सिंहदरबारमा गएर ।’ प्रधानमन्त्री ओलीको यस्तो भनाई सुनेर सबै एकैछिन जिल्ल परि सबै जना गलल्ल हाँसे ।








