प्रधानमन्त्री ओली १० दिनपछि डि’स्चार्ज


काठमाडौं : बि’रामी प्रधानमन्त्री केपी शर्मा ओली १० दिनपछि अस्पतालबाट डि’स्चार्ज भएका छन्। एपेन्डिसाइटिसको श’ल्यक्रिया भएपछि अस्पता’लमा रहेका प्रधानमन्त्री ओली १० दिनपछि डि’स्चार्ज भएका हुन् । पेट दु’ख्ने स’मस्या भएपछि यहीँ १० गते अस्पताल पुगेका थिए । श’ल्यक्रियापछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रा’न्सप्लान्ट सेन्टरमा आराम गरिरहेका प्रधानमन्त्री ओली बिहीबार दिउँसो पौने चार बजे डि’स्चार्ज भएका हुन्।
अस्पतालबाट डि’स्चार्ज हुँदै प्रधानमन्त्री ओलीले हात हल्लाएर आफू ठिक भएको संकेत गरे। उनी केही बोलेनन्। ओलीलाई अस्पतालबाट सिधै सरकारी निवास बालुवाटार लगिएको छ। त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्र’त्यारोपण सर्ज’न डा. रमेश सिंह भण्डारीसहितको टोलीले प्रधानमन्त्रीको श’ल्यक्रिया गरेको थियो। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रा’न्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डाक्टर उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई अझै आरामको आवश्यकता रहेको बताए।



श्रेष्ठका अनुसार अस्पतालमा उनको उपचारमा संलग्न चिकि’त्सकले नै केही हप्ता प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नि’गरानी गर्नेछन्। उपचार टोलीका संयोजक एवं वरिष्ठ मुटुरो’ग वि’शेषज्ञ प्रा.डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओली बालुवाटारमै चिकि’त्सकको प्रत्यक्ष नि’गरानीमा रहनेछन्। ‘उहाँलाई अझै आरामको जरुरत रहेको छ’, उनले भने, ‘उहाँलाई बालुवाटारमै आरामको व्यवस्था मिलाइएको छ। हामी बालुवाटारमै गएर उहाँको स्वास्थ्य अवस्थाको निग’रानी गरिरहनेछौँ।’
प्रधानमन्त्रीकी निजी चिकि’त्सक डा. विद्या सिंहका अनुसार अझै एक सातासम्म प्रधानमन्त्री ओलीले अन्य क्रियाकलाप र भेटघा’टमा सहभागी नभइ आराम गर्नेछन्। ‘प्रधानमन्त्रीले अझै एक साता आराम गर्नुपर्ने देखिएको छ’, उनले भनिन्, ‘त्यसपछिमात्र मात्र प्रधानमन्त्रीज्यू अन्य क्रियाकलापमा सहभागी हुनुहुनेछ।’
मिर्गौलाको कार्यक्षमतामा ह्रा’स आएपछि प्रधानमन्त्री ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ। उनको पाँचौ पटक डाय’लसिस मंसिर १२ गते भएको थियो। प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डाय’लायसिस गरिएको हो। दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डाय’लासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रा’स नआइसकेका कारण अ’सहज महसुस भए मात्र डाय’लासिस गरिँदै आएको छ। गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डा’यलासिस भएको थियो।
०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्र’त्यारोपण गरिएको थियो। प्र’त्यारोपणपछि उनले औ’षधि सेवन गर्दै आएका छन्। गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी न’ष्ट गरिएको थियो। १२ वर्षअघि मिर्गौला फेल भएपछि प्र’त्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अन्य स्वास्थ्य अवस्था राम्रो रहेको उनका सहयोगी चिकि’त्सकको भनाइ छ। नियमित डाय’लासिस गर्ने वा मिर्गौला प्रत्या’रोपण गर्ने भन्ने विषयमा चिकि’त्सक नि’र्णयमा पुग्न सकेका छैनन्।
प्र’त्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फो’होर नि’ष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फो’होर नि’ष्कासन गर्ने पद्धति नै डायला’सिस हो। मेसिनको सहायताले रग’तमा भएको फो’होर तत्व र आवश्यकभन्दा बढी रहेको नुनपानी फा’लेर र’क्तचापलाई नि’यन्त्रणमा राख्न डाय’लासिस हुन्छ।








