सर्वोच्चको न्याया’धीश नियुक्त गर्न बसेको बैठक बिना निष्कर्ष टु’ङ्गियो

काठमाडौं : सर्वोच्च अदा’लतका न्याया’धीश नियुक्ति लागि बसेको न्याय परि’षदको बैठक बिना निष्कर्ष टु’ङ्गिएको छ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदा’लतको न्याया’धीशमा न्यायप’रिषद्कै सदस्यलाई सिफारिस गर्ने तयारी इन्कार गरेपछि न्याय परिषदको बैठक बिना निष्कर्ष टु’ङ्गिएको हो । उक्त नियुक्तिको विषयमा नेपाल बारले ग’म्भीर अस’न्तुष्टि व्यक्त गरेपछि बैठक भाँ’डिएको थियो ।

परिषद्का सदस्य पदम वैदिकले सर्वोच्चका न्याया’धीश बन्नका लागि बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजी’नामा बुझाएका थिए। त्यस लगत्तै नेपाल बारको अनौपचारिक बैठकले ग’म्भीर ध्या’नाकर्षण भएको बताउँदै क’डा आप’त्ति जनाएको थियो। परिषद् स्रोतका अनुसार वैदिकलाई न्यायाधीश बनाउन परिषद् अध्यक्षसमेत रहेका प्रधानन्याया’धीश चोलेन्द्र शम्शेर जबराले प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा पदाधिकारीबीच राय नमिलेपछि सिफारिस प्रक्रिया अव’रुद्ध बनेको हो। अर्को बैठक बस्ने विषयमा कुनै टुंगो लागेको छैन। वैदिकका विषयमा नि’र्णय हुन नसकेपछि एक जिल्ला न्यायाधीशको सरुवा गर्दै बैठक सकिएको छ।

नेपाल बारले बिहीबार बिहान विज्ञ’प्ति सार्वजनिक गर्दै प्रक्रियाप्रति आ’पत्ति जनाएको थियो। ‘न्यायपरिषद्को सम्मान र मर्यादा कायम राखी जनआस्थामा अभिवृद्धि गर्ने कुरामा न्या’यपरिषद्का सदस्य जि’म्मेवार र जवा’फदेही हुनुपर्नेमा आफै सर्वोच्चको न्यायाधीश बन्न कोशिश गरिराखेको भन्ने व्यहोराका समाचारप्रति नेपाल बारको ग’म्भीर ध्या’नाकर्षन भएको छ’ वि’ज्ञप्तिमा भनिएको छ, ‘परि’षद्का सदस्य आफूले आफैलाई न्याया’धीश बनाउन लविङ गर्ने कुरालाई कुनै पनि आधारमा न्यायोचित मान्न सकिन्न।’

न्यायपरिषद्ले न्यायपालिकाको गरिमा घ’टाउने गरी न्यायप’रिषद्का सदस्यलाई न्याया’धीश नियुक्ति गर्ने पद्धत्ति ग’लत भएको उक्त विज्ञप्ति’मा जनाएको छ। संविधानको धारा १५३ बोमोजिम गठित न्यायप’रिषद्को काम कर्तव्य र अधिकार संविधान र न्यायापरिषद् ऐन २०७३ बोमोसिजम हुनुपर्ने भनाइ बारको छ। न्यायपरिषद्का सदस्यले न्यायपालिकाको स्व’तन्त्र, स्वच्छता र गरिमा कायम राख्ने कुरामा जानकार हुनुपर्ने बारको ठम्याइ छ।

सम्बन्धित खवर

Back to top button