नेपाललाई उसु र भारत्तोलनबाट १/१ स्वर्ण पदक

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसु र भारत्ताेलनबाट १/१ पदक प्राप्त भएकाे छ । नेपालमा जारी सागमा आज आयाेजक राष्ट्रलाई उक्त थप दुई स्वर्ण पदक प्राप्त भएकाे हाे । नेपालकी जुनी राईले उसु र सञ्जु चौधरीले भारत्तोलनमा स्वर्ण पदक जिताएकी हुन् ।

उसुबाट चार स्वर्ण

यो सँगै जारी सागमा उसुबाट नेपालले चार स्वर्ण जितेको छ। बिहीबार लगनखेलस्थित त्रिभुवन आ’र्मीको शारीरिक तालिम तथा प्रशि’क्षण के’न्द्रको क’भर्डहलमा भएको उसुको ५६ केजी महिलातर्फको भिड’न्तमा जुनीले स्वर्ण पदक जित्न सफल भएकी हुन्। उसुको सान्डा सान्सोमा जुनी राईले स्वर्ण पदक जितेकी हुन्।

जुनीले ५६ केजी तौल समूहको फाइनलमा श्रीलंकाकी मदुमालीलाई २-० ले ह’राएकी हुन्। उनले स्वर्ण यात्राका क्रममा भारतकी विद्यावति चानुलाई २-० हरा’एकी थिइन्। अर्कातिर श्रीलंकाकी मधुमालीले बंगलादेशकी साकी अख्तरलाई ह’राएर जुनीसँगको भि’डन्त पक्का गरेकी थिइन्।

भारत्तोलनबाट स्वर्ण पदक

काठमाडौं : १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार भारत्तोलनबाट सञ्जु चौधरीले महिला ५९ केजी तौल समूहबाट स्वर्ण पदक जितेकी छन्। सञ्‍जुले स्न्याचतर्फ ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजीसहित कुल एक सय ७१ केजी तौल उचाल्दै स्वर्ण हात पारेकी हुन्। श्रीलंकाकी एस राजापाक्षले रजत जितिन्। बंगलादेशकी फायमा अख्तरले कास्य पदक जितेकी छन्।

राजपाक्षले स्न्याचमा ७० र क्लिन एन्ड जर्कमा ९१ केजी गर्दै कुल एक सय ६१ केजी तौल उचालिन्। अख्तरले स्न्याचमा समान ७० केजी उचालेओअनी क्लिन एन्ड जर्कमा ९० केजी उचालेकी थिइन्। नेपालका लागि १३औं सागमा सञ्जुले जितेको यो ३५ औं स्वर्ण हो। यससँगै नेपालले बिहीबार मात्रै साताैं स्वर्ण पदक जितेको छ। यसअघि उसुकी निमा घर्तीमगर, साइक्लिङका लक्ष्मी श्रेष्ठ र बुद्धिबहादुर तामाङ, पौडीकी गौरिका सिंह र तेक्वान्दोका भुपेन श्रेष्ठले स्वर्ण जितिसकेका छन्।

सम्बन्धित खवर

Back to top button