माल्दिभ्स र नेपालबीच भि’डन्त हुँदै


काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज पुरुष फुटबलमा नेपाल र माल्दिभ्सबीच प्रति’स्पर्धा हुँदैछ । खेल दिउँसो १ः३० बजे काठमाडाैंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको हो ।
आफ्नो पहिलो खेलमा भुटानलाई ४–० गोलअन्तरले प’राजित गरेको र दोश्रो खेलमा श्रीलंकासँग बराबरी खेलेको नेपाल तेश्रो खेलमा माल्दिभ्सलाई परा’जित गर्ने लक्ष्यका साथ मैदान उ’त्रिने छ । उता माल्दिभ्स पनि आफूभन्दा १५ स्थान तल रहेको नेपाललाई परा’जित गर्न उच्च मनोबलका साथ मैदानमा उ’त्रिनेछ ।



फिफाको पछिल्लो बरियता क्रममा नेपाल १ सय ७० औँ स्थानमा रहँदा माल्दिभ्स भने १ सय ५५ औँ स्थानमा छ । अरु खेलहरुमा कम’जोर मानिएको माल्दिभ्स तुलनात्मक रुपमा नेपालभन्दा ब’लियो टीम हो । उसो त नेपालमै खेल भएकोले नेपाली फुटबल टीमलाई घरेलु द’र्शकको साथले केही हौ’सला भने अवश्य प्राप्त हुनेछ ।

राउण्ड रोबिन लिगका आधारमा खेलाइएको खेलमा भुटान तीन खेलमध्ये दुईमा जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा रहँदा दुई खेलबाट ४ अंक बटुलेको नेपाल गोल अन्तरका कारण दोश्रो स्थानमा छ । यस्तै तीन खेलबाट २ अंकमात्र पाएको माल्दिभ्स अंक तालिकाको चौथो स्थानमा छ । पाँच राष्ट्र सम्मिलित खेलमा माल्दिभ्सले श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो भने र बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो । यस्तै माल्दिभ्स भुटानसँग भने २–१ गोलअन्तरले परा’जित भएको थियो ।
फिफा बरियतामा १५ स्थानमा माथि रहेको भएता पनि माल्दिभ्सले १३औँ सागमा राम्रो प्रर्द’शन गर्न सकिरहेको छैन । उसले फिफा बरियतामा आफूभन्दा २४ स्थान तल रहेको भुटानसँग १–० गोलअन्तरले परा’जित हुनुले पनि यो कुरा पुष्टि गर्छ । यस्तै आफूभन्दा २२ स्थान तल रहेको बंगलादेशसँग १–१ र ५० स्थान तल रहेको श्रीलंकासँग गोलरहित बराबरी खेल्नुले पनि सागमा माल्दिभ्सको प्र’दर्शन मुल्या’ङ्कन गर्न सकिन्छ ।








