आज बंगलादेशविरुद्ध नेपालको खेल हुँदै

काठमाडौं : आज आइतबार नेपाल र बंगलादेशबीच १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेल हुँदैछ । त्रिपुरेश्वर स्थित दशरथ रंगशाला आज बेलुका ५ बजे यी दुई देश खेल हुने भएको हो । आजको खेल नेपालले जितेमा फाइनल प्रवेश गर्नेछ । यस खेलको नतिजाले नै स्वर्ण पदक भि’डन्तमा भुटानको प्रतिद्व’न्द्वीको छि’नोफानो हुनेछ ।

आइतबार हुने खेलमा नेपालले बंगलादेशविरुद्ध जित निकाल्न सके फाइनलमा स्थान पक्का गर्नेछ । बंगलादेशलाई पराजित गरेको खण्डमा नेपाल शीर्षस्थानमा रहँदै फाइनल पुग्नेछ । बराबरी भएको खण्डमा दोस्रो स्थानमा रहेर स्वर्ण पदकका लागि प्रति’स्पर्धा गर्नेछ । पराजय भोगेको खण्डमा भने नेपाल कास्यमा सिमित हुनेछ ।

अंक तालिकामा भुटान ४ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ । नेपाल ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । समान ३ खेल खेलेको बंगलादेश तेस्रो स्थानमा छ । पूरै ४ खेल खेल्दै २-२ अंकसहित श्रीलंका र माल्दिभ्स अंक तालिकाको पुछारमा छन् ।

भुटानले शनिबार भएको दोस्रो खेलमा श्रीलंकामाथि ३-० को सानदार जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो । उक्त खेलपछि पत्रकार सम्मेलनमा बोल्दै भुटानका प्रशिक्षक पेमा दोर्जीले ऐतिहासिक जित दर्ता गरेकोमा निकै खुसी रहेको बताए । ‘हामी निकै खुसी छौं । खेल सुरु हुनुअघि जित दर्ता गर्छौं भन्ने थियो, तर यो स्कोरमा होइन । एक वा दुई गोलले जित्न सकिन्छ भन्ने थियो, तर खेलाडीले दोस्रो हाफ निकै राम्रो खेले,’ उनले भने ।

श्रीलंकाविरुद्ध खेलमा भुटानको समर्थनमा झन्डै २ हजार संख्यामा दर्शक रहेका थिए । अधिकांश नेपाली दर्शकले पनि भुटानकै समर्थन गरिरहेका थिए । प्रशिक्षक पेमाले दर्शकको साथले पनि टोलीको मनोबल बढेको बताए । ‘ दर्शकहरुको साथले पनि हामीलाई सहयोग पुग्यो । जित दर्ता गरेपछि हामीले समर्थकहरुसँग खुसी साटयौं । केहि खेलाडी भावुक भएर आँसु पनि झा’रे । यो सब क’डा मिहिनेतको फल हो,’ उनले भने ।

पेमालाई फाइनलमा नेपाल र बंगलादेशमध्य कुन टोलीको सामना गर्न चाहनुहुन्छ भन्ने प्रश्न गर्दा उनले हाँस्दै बंगलादेश रोजे । ‘ बंगलादेश नै आवोस् । यसो हुँदा हामीले नेपाली समर्थकको साथ पनि पाइन्छ । बंगलादेशसँग खेल्दा नेपाली दर्शकले हाम्रो नै स’मर्थन गर्नुहोला,’ उनले भने ।

सम्बन्धित खवर

Back to top button