सबै शिक्षकहरुकाे दरबन्दी मिलान


काठमाडौं : देशभरका शिक्षकहरुको दरबन्दी मिलान हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सबै तहका विद्यालयहरुको दरबन्दी मिलान गर्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी राष्ट्रिय शिक्षा नीति र शिक्षकहरुको दरबन्दी मिलान सम्बन्धी जानकारी गराएको हो ।
देशभर कायम रहेको प्राथमिक तर्फको दरबन्दी ८० हजार १ सय ७६, निम्न माध्यमिक तर्फको दरबन्दी १६ हजार २ सय ४४ र माध्यमिक तर्फको १२ हजार ७ सय २५ कायम गरेको छ । साविकको उच्च माध्यमिक तर्फको दरबन्दी २ हजार तोकेको छ ।



प्राथमिक तर्फको राह’त अनुदान कोटा २१ हजार ८ सय ७१, निम्न माध्यमिक तर्फको रा’हत कोटा ९ हजार ६ सय ९ र माध्यमिक तर्फको रा’हत अनु’दान कोटा ६ हजार ८ सय ९८ छु’ट्याइएको छ । उच्च माध्यमिक तर्फको रा’हत अनु’दान कोटा ४ हजार पुर्याइएको मन्त्रालयले जनाएकाे छ । १ सय २३ स्थानीय तहबाट ४ हजार ८ सय ५२ दरबन्दी तथा राह’त अनुदा’न कोटा अन्य स्थानीय तहमा हस्ता’न्तरण हुनेछन् ।
१४ जिल्लाको ३ हजार ३ सय ५९ दरबन्दी, १५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को तहमा १ हजार ४ सय ९३ मिलान हुनेछ । स्थानीय तहभित्रको शिक्षकहरुको रा’हत तथा अनु’दानको कोटाको मिलान भने सम्बन्धित स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयले राष्ट्रिय शिक्षा नीतिको किताब पनि सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षाको दूरदृष्टि, लक्ष्य, उद्देश्य र रण’नीतिहरुको परिधिभित्र रहेर राष्ट्रिय शिक्षा नीति ल्याइएको बताए । सार्वजनिक गरिएको शिक्षा नीतिमा समा’वेश गरिएका कतिपय विषयहरु प्रदेश र स्थानीय तहबाट समेत कार्या’न्वयन गर्नुपर्ने भएकाले आफ्नो आवश्यकता अनुसार नीति प्रतिकुल नहुने गरी आफ्नै रणनीति, कर्यनीति र कार्यक्रम लागू गर्नसक्ने उनले जानकारी दिए ।
८० पृष्ठ लामो नीतिमा प्रारम्भिक बालविकास तथा शिक्षा, अनिवार्य तथा निःशुल्क आधारमूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम, उच्च शिक्षा, समा’वेशी र वि’शेष शिक्षा, शैक्षिक सुशास’न र जनशक्ति व्यवस्थापन, निजी साझे’दारी र सामुदायिक एवं सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण, शिक्षामा गुणस्तर, लगानी, विज्ञान तथा प्रविधि, लगायतका विषयलाई शिक्षा नीतिमा व्यवस्था गरिएको छ ।
संघीय, प्रदेश र स्थानीय तहको जि’म्मेवारीका विषयमा समेत शिक्षा नीतिमा उल्लेख गरिएको छ । शिक्षा नीतिमा संघीय प्रदेश र स्थनीय सरकारले पनि आफ्नो स्रोत व्यवस्था गर्न सक्ने व्यवस्था गरिएको छ । शिक्षा क्षेत्रमा आउने वैदेशिक सहायताको परिचालन एकद्धार प्रणालीबाट गर्ने समेत उल्लेख गरिएको छ । ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ को कार्या’न्वयनको समग्र स्थि’तिको वार्षिक तथा आ’वधिक मूल्याङ्कन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्नेछ ।








