आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू स्थायी कमिटी बैठक आज बस्ने भएको छ । सचिवालय बैठक पुनः स्थगित गरी स्थायी कमिटीको बैठक आइतबार बस्ने भएको हो ।

मङ्सिर २३ गते बसेको सचिवालयको बैठकले मङ्सिर २७ गतेका लागि बैठक तय गरेको थियो तर तयारी नपुगेको भन्दै सो बैठक शनिबार दिउँसोका लागि सर्‍यो । तर, फेरि तयारी नपुगेको भन्दै त्यो बैठकलाई आइतबार बिहान ९ बजेका लागि सारेको हो ।

आइतबार बस्ने स्थायी कमिटी बैठकको एजेन्डाबारे छ’लफल गर्न सचिवालयको बैठक बोलाएको थियो तर एजेन्डा पूर्णता पाउनमा ढिलाइ भएका कारण बैठक पनि सर्दै गएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिनदेखि अन्य नेतासँग सल्लाह लिँदै स्थायी कमिटीमा प्रस्तुत हुने एजेन्डाको दस्तावेजीकरण गर्नमा व्यस्त छन । सचिवालको बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरणलगायतका विषयमा छ’लफल गर्न बैठक बोलाएको थियो ।

सम्बन्धित खवर

Back to top button