अत्यधिक चिसो बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्यालयमा दुई दिन बिदा दिएको छ। दुई दिनदेखि शीतलहरसँगै चिसो बढेसँगै पुस ३ र ४ गते नगरपालिका क्षेत्रका सामुदायीक र संस्थागत विद्यालयमा बिदा दिइएको हो।