दैलेखको फेन्सी पसलमा आगलागी

दैलेख : जिल्लाको नारायण नगरपालिका–१ मा रहेको एक फेन्सी पसलमा आगलागी हुँदा पसल जलेर पूर्ण रुपमा क्षति भएको छ।

बुधवार राति भएको आगलागीबाट नयाँ बजारमा फेन्सी पसल गर्दै आएका ताराकीशोर शर्मा (अधिकारी) को फेन्सी पसलमा आगलागी हुँदा पसल भित्र रहेका फेन्सी कपडालगाएत सम्पूर्ण सामान जलेर पसल पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलिले बताए।
बिधुत सट भई पसलमा आगो लागेको हुन सक्ने अनुमान गरीएकोे प्रहरी प्रमुख वलिले बताए।

 

 

 

सम्बन्धित खवर

Back to top button