बैजनाथ द्वारा DSP सिङ्गमको बिदाई

कोहलपुर, पौष २० – ईलाका प्रहरी कार्यलय कोहलपुरका DSP हेम बहादुर शाही लाई बैजनाथ गाउँपालिका ६ सम्झना स्थित श्री रारा बिजय बहुउद्देश्यीय सहकारीको सेवा केन्द्र र बैजनाथ राष्ट्रिय दैनिक पत्रीकाको आयोजनामा भएको कार्यक्रबाट बिदाई गरिएको छ, कार्यक्रममा बैजनाथ राष्ट्रिय दैनिक पत्रीकाका प्रकाशक कुशल दलामी, प्रधान सम्पादक लोकेन्द्र बिक्रम शाही ,कार्यकारी सम्पादक दिपक कुमार राई, नबकिरन बहुउद्देश्यीय सहकारी सस्था लि .का अध्यक्ष राजु रुचाल, युवा सन्जाल बैजनाथका उपाध्यक्ष यज्ञ पुन ,श्री रारा बिजय बहुउद्देश्यीय सहकारी सस्था लि.सेवा केन्द्र बैजनाथ ६ सम्झनाका ब्यवस्थापक सपना बि क,स्थानीय समाजसेवी बिनोद शाह,निरक शाह,लगाएतको उपस्थितिमा थियो ।

कार्यक्रममा बोल्दै बैजनाथ दैनिक पत्रीकाका प्रधान सम्पादक लोकेन्द्र बिक्रम शाहिले कोहलपुरमा छोटो समयमा सान्ति सुरक्षा र सुशान् कायम् गर्न खोजेको, गुन्डागर्दी लाई निर्मुल पारेको र छोटाे समयमा धेरै राजश्व सन्कलन गरेकोमा सम्मान गरिएको बताएका थिए ।

बिदाई समारोहमा DSP शाही लाई दोसल्ला अबिर र मायाको चिनो प्रदान गरिएको हो । कार्यक्रम गरेकोमा श्री रारा बिजय बहुउद्देश्यीय सहकारी सस्था लि. र बैजनाथ राष्ट्रिय दैनिक पत्रीकालाई शाहीले धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित खवर

Back to top button