मेलाको तयारी सम्पन्ना मेला सजावट हालसम्मकै उत्कृष्ट,


कोहलपुर २३ पुस : बाँकेको कोहलपुरमा संचालन हुन गईरहेको कोहलपुर महोत्सवको आवश्यक भौतिक निर्माणको काम सतप्रतिशत सकिएको र केही प्राविधिक काम मात्र बाँकी रहेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका महासचिव सिएम उपाध्यायले बताएका छन । यहि पौष २४ गतेदेखि माघ ५ गतेसम्म संचालन गरीने महोत्सवको उद्घाटनका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गर्नेछन् ।
मन्त्री भट्टलाई महोत्सवमा आमन्त्रण गर्न काठमाण्डौं पुगेका महासघका अध्क्ष्य हेम बिक्रम जिसीले यस क्षेत्रका संघिय साँसद महेश्वर गहतराज अथकसहित उद्योग मन्त्री भट्टलाई भेटका थिए ।



तेस्रो प्रादेशिक औधोगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सवमा २५० बढि स्टल रहेको मेलाको मुख्य आकर्सकको रुपमा थारु संकृति झल्कने थारु गाँउ र विभिन्न साँस्कृतीक कार्यक्रम समेत समावेश गरीएको छ । २४ गतेबाट हुने उत्तमेलाको मुल प्रबेशद्वार ताजमल जस्तै गरि सजावट गरिएको छ भने मन्च लगाएत सम्पुर्ण ब्यबस्थापन हालसम्मकै उत्कृस्ट रहेको आयोजकको दाबि छ ।








