काँग्रेस नगर कमिटीको बैठकमा कुटाकुट

कोहलपुर २५ ,पौष :- नेपाली काँग्रेस नगर कार्य समिति कोहलपुरको बैठक चलिरहेको अबस्थामा कुटाकुट भएको छ । बेलुका करिब ४ बजे तिर नगर पार्टी कार्यालयमा बैठक चलिरहेकोबेला सोही पार्टीका असन्तुष्ट समूहले बैठकको माइन्युट लगाएतका महत्त्वपूर्ण कागजातहरु खोसी च्यात्ति दिएका छन् ।

असन्तुष्ट समुहका दिगबिजय राणा , हरसिङ कठायत, जनक बि.क लगाएतका ब्यक्तिहरुले नगर सभापति बलाराम शर्मा लाई हातपात गरि बैठक अबरुद्ध गरेको प्रती खेद प्रकट गर्दै दोषी उपर कडा कारबाहीको माग सहित  बिज्ञपति जारी गरेको छ । नगर सचिब भुम बहादुर भण्डारीद्वारा २०७६/९/२५ जारी बिज्ञप्तीमा नगर सभापति शर्मा सहित अन्य ब्याक्तिहरु माथी हातपात भएको र निझ दोषी हरुलाई २४  घण्टा    भित्र पक्राउ  आवश्यक कारबाही गर्न समेत  माग गरेको छ । उसोत झगडा र मनमुटाव पहिले नै थियो भन्ने सन्देश दिनेगरि हिजो मात्रै सचिब भुम भण्डारीले आफ्नो सामाजिक संजाल फेसबुकमा ~ अन्य बिचार सित मेरो बिमति छैन तर आफ्नै बिचार समुह भित्रै कस्को खुट्टा या ढाड चिलाएको हो ? हर्कत अलि बढी हुदैछ लड्ने हो ? भनी पोस्ट गरेका थिए । तेस्को एकदिन पछि आज सो घटना हुनुले दुई समुहको विवाद लामो रहेको देखिन्छ ।

सम्बन्धित खवर

Back to top button