पृथ्वी एक फन्को घुमाएर फेरि अष्ट्रेलिया नै पुग्ने


काठमाडौं- तीन महीना देखि नियन्त्रणमा आउन
नसकेको अष्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वी एक फन्को घुमाउने नासाले जनाएको छ ।



धुवाँ पृथ्वीमा एक फन्को घुमेर फेरि अष्ट्रेलिया नै पुग्ने पनि नासाले जनाएको छ । नासाका अनुसार, नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भइसकेको छ ।
अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा लागेको डढेलोको धुवाँ प्रशान्त महासागर तर्फ बढेको नासाले जनाएको छ ।
अष्ट्रेलियाको डढेलोमा परी २८ जनाको मृत्यु भएको छ भने दुई हजार बढी घर ध्वस्त हुनाका साथै ५० करोड बढी जंगली जनावर मरिसकेका छन् ।








