एक जनाको मृत्यु ,कार-मोटरसाइकल दुर्घटनामा


कोहलपुर



२०७६,माघ १८
बिहण्क परियार(बिजय)
बर्दियाको बाँसगढी नगरपालिका ९ माछागढ पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ गइरहेको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो। मोसरसाइकलमा सवार बारबर्दिया नगरपालिका १० की अन्दाजी ३०/३१ वर्षीय रामकृष्णी थारु रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक सोही ठाउँको अन्दाजी २८/२९ वर्षीय दुखराम थारु भने घाइते भएका छन्। शनिबार बिहान पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ९ च ९२९१ नम्बरको कारले सोही दिशामा गइरहेको भे ९ प ७८१० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका थारुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए।








