कार्यकर्ता- साझाका नेता अख्तियार अगाडि प्रदर्शनमा उत्रिएका पक्राउ


कोहलपुर



२०७६,माघ २४
बिहण्क परियार(बिजय)
बालुवाटार जग्गा प्रकरणमा जोडिएकाहरुमाथि भेदभावपूर्ण शैलीमा मुद्दा चलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका साझा पार्टीका नेता कार्यकर्ता पक्राउ परेका छन्। बालुवाटार प्रकरणमा मुछिएका सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलसहितलाई जोगाउने गरी मुद्दा चलाएको विरोधमा उत्रिएका साझाका १७ जना नेता कार्यककर्तालाई प्रहरीले पक्राउ गरेका हो। पक्राउ परेकालाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ। पक्राउ पर्नेहरुमा साझाका केन्द्रीय सदस्यहरु समिक्षा बाँस्कोटा, नारायण कोइराला, प्रकाशचन्द्र परियार, शरदराज पाठक, अब्दुस मिया, सूर्यदीप रेग्मी, सुरज प्रधान, प्रदीप थापा र राेसन बस्नेतसहित छन्।साझाका नेता परियारका अनुसार अख्तियारले सुरु गरेको कदमको साझाले स्वागत गरेको छ। तर एउटा देशमा दुइटा कानुन चलाएको आपत्ति जनाउँदै प्रदर्शन गरिएको हो।








