यातायात सेवा सञ्चालन नहुँदा जुम्लामा बसपार्क अस्तव्यस्त


कोहलपुर
२०७६,माघ २७,



बिहण्क परियार(बिजय)
जुम्लामा नयाँ बसपार्क निर्माण भएको वर्षौ बित्दा पनि सञ्चालनमा नआउँदा समस्या भएको छ ।सोमबार १० मिनेट कर्णाली राजमार्ग बन्द गरि नाली, गाडी र सडक व्यवस्थित बनाउन चन्दननाथ नगरपालिका र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको नागरिक समाज जुम्लाले जनाएको छ । बसपार्क सञ्चालनमा नआएपछि नागरिक समाज जुम्लाले सरोकारवालको ध्यानआर्कषण गराएको छ । जिल्ला कारागार जुम्ला नजिक करोडौको लगानीमा बनेको नयाँ बसपार्क निर्माण भएको ३ वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । साना तथा ठुला यात्रुवहाक सवारीका लागि सुविधा सम्पन्न र फराकिलो बसपार्क बनाउँदा पनि सञ्चालनमा नआउँदा यात्रुले समस्या भोग्नुपरेको हो ।








