सिरहामा मोटरसाइकलमा सवार दुईको मृत्यु बसको ठक्करबाट

कोहलपुर

२०७६,माघ २७,

बिहण्क परियार(बिजय)

 

सिराहाको नरहा गाउँपालिका-५ मा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।सोमबार बिहान साढे ५ बजे ना४ख ९२४१ नम्बरको बसले लु१६प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।सिराहाको नरहा गाउँपालिका-५ मा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा सिराहा नगरपालिका-३ रमौलका २९ वर्षीय अमन मण्डल र सिराहा-३ कै मख्नाका ४५ वर्षीय शैलेन्द्रकुमार मण्डल छन्।अमनको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो। शैलेन्द्रको भने लहानको रामकुमार सारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

Back to top button