प्यारामोटर निर्माण गर्ने, सरोज चेपाङलाई कांग्रेसको सहयोग

कोहलपुर्

माघ २८, २०७६

 

 

प्यारामोटर निर्माण गरिरहेका सरोज चेपाङ (प्रजा)लाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले नगद सहयोग उपलब्ध गराएको छ। सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा प्यारामोटर निर्माण गरिरहेका चितवनको राप्ती नगरपालिका–२, गड्यौलीका सरोज प्रजालाई ५० हजार रुपैयाँ रकम उपलब्ध गराइएको हो।यसअघि एकसिटे प्यारामोटर निर्माण गरेको प्रजाले अहिले दुई सिटे प्यारामोटर निर्माण गरिरहेका छन्। उक्त मोटर निर्माण गर्न २५ लाख रुपैयाँ लाग्ने उनले बताएका छन्। प्रजाका अनुसार उक्त मोटर एकहजार मिटर माथि र प्रतिघण्टा ६० किलोमिटरको गतिमा उड्नेछ। सरोजले यसअघि २०७४ चैत १ मा एक सिटे प्यारामोटरको सफल परीक्षण गरेका थिए। उनले फागुन महिनाभित्रमा अहिले निर्माणाधीन प्यारामोटरको परीक्षण सम्पन्न गरिसक्ने लक्ष्य लिएको बताए। उनले प्रदेश सरकारले युवा वैज्ञानिक कार्यक्रमअन्तर्गत सहयोग गर्ने वचन दिएको भए पनि हालसम्म सहयोग रकम उपलब्ध नगराएको भन्दै गुनासो पोखे।

सम्बन्धित खवर

Back to top button