३४ वटा दुर्लभ सेतो कछुवासहित एकजना ललितपुरबाट पक्राउ


कोहलपुर
२०७६,माघ २८



बिहण्क परियार(बिजय)
३४ वटा दुर्लभ सेता कछुवासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार निलो-सेतो रंगको कागजको बट्टाभित्र राखेर करिब १२ लाख रुपैयाँमा बेच्न लागेको अवस्थामा ती कछुवासहित डेबिटलाई सोमबार साँझ पक्राउ गरिएको हो। महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको पुल्चोकस्थित लबिम मलबाट हरिसिद्धिका २२ वर्षीय डेबिट महर्जनलाई पक्राउ गरेको हो।
कागजको बट्टाभित्र बरामद भएका ती दुर्लभ वन्यजन्तु कछुवालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तीबन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।








