अमेरिकाविरुद्ध नेपालको शानदार जीत


कोहलपुर
२०७६,माघ २९,



बिहण्क परियार(बिजय)
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित गरेको हो। ३६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले ५ ओभर १ बलमा भेट्टायो। नेपालका लागि पारस खड्काले २० रन बनाए भने दिपेन्द्रसिंह ऐरीले १५ रन बनाए। यस अघि टस हारेर ब्याटिङ गरेको अमेरिका ३५ रन बनाउँदा अलआउट हुन पुग्यो।अमेरकाका लागि जेभियर मार्शलको १६ रन बाहेक अन्य कुनैले दोहोरो अंक बनाएनन्। अमेरिकाका चार खेलाडी शून्य रनमा आउट भएका थिय ।ओपनर ब्याट्सम्यान कप्तान ज्ञानेन्द्र मल्ल र सुबास खकुरेल गुमाएपछि दबाबमा नेपाल आएको थियो। नेपालले एक रन जोड्दा कप्तान मल्ललाई गुमाएको नेपालले सोही ओभरमा २ रन बनाउँदा अर्का ब्याट्सम्यान खकुरेललाई गुमायो। दोस्रो विकेट भने सुशन भारीले लिए। अमेरिकको तेस्रो विकेट सन्दीपले नै लिए। चाेैथो विकेट सुशनका नाममा रहँदा क्रमण पाँचौ र छैठौं विकेट सन्दीपको नाममा रहयो।सन्दीपले पाँच ओभर बलिङ गर्दै एक मेडन ओभरका साथ १२ रनमात्र दिएका छन्। यसअघि अमेरिका ओमानसँग पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ९२ रनले पराजित भएको थियो भने नेपालसँग ३५ रनले पराजित भएको थियो। नेपाल पहिलो खेलमा ओमानसँग १८ रन र दोस्रो खेलमा आठ विकेटले पराजित भएको थियो।








