चीनले तीन पत्रकारको परिचय पत्र रद्द गरयो


कोहलपुर
२०७६,फागुन ८



बिहण्क परियार(बिजय)
चीनले द वालस्ट्रिट जर्नलका तीन पत्रकारको परिचय पत्र रद्द गरिदिएको छ ।
चीन विरोधी सामग्री प्रकाशित गरेको अभियोगमा उनीहरुको परिचय पत्र नै रद्द गरिदिएको हो । आज दैनिक पत्रकार सम्मेलनको क्रममा चीनको विदेश मन्त्रालयका प्रवक्ताले चीनमा कार्यरत द वालस्ट्रिट जर्नलका पत्रकारको परिचयपत्र रद्द गरेको जानकारी दिएको चीनका सञ्चार माध्यमहरुले जनाएका छन् ।तीनै जनालाई देश छाड्न भनिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुयाङले, सम्पादकहरूले जातीय भेदभावपूर्ण शीर्षक राखेर चिनियाँ नागरिक र अन्तर्राष्ट्रिय समुदायमा घृणा र आक्रोश पैदा गरेको आरोप पनि लगाउनुभएको छ ।








