गोकर्णेश्वर नगर अध्यक्ष श्रेष्ठको निधन भएको छ


कोहलपुर
२०७६,फागुन १३



बिहण्क परियार(बिजय)
नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष गोपाल श्रेष्ठको निधन भएको छ। तरुण दलले विज्ञप्ति जारी गरी सोमबार साँझ हृदयाघातका कारण निधन भएको जानकारी दिएको हो। अचानक बिरामी भएपछि श्रेष्ठलाई जोरपाटी अतहरखेलमा रहेको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। अध्यक्ष श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो। तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रेष्ठको असामयिक निधन भएको दु:खद खबरले नेपाल तरुण दल केन्द्रीय समिति मर्माहत भएको छ।’








