डाईनामिक विद्यालयमा कानुन विषय अध्यनरत विद्यार्थी द्दारा अदालत अवलोकन


२०७६,फागुन १४
बिहण्क परियार(बिजय)



डाईनामिक विद्यालयमा कानुन विषय अध्यनरत विद्यार्थीहरुले बाँके जिल्ला अदालत र उच्च अदालतको अवलोकन गरेका छन् । कानुन विषय अध्यनरत विद्यार्थी विद्यार्थीहरुलाई अदालतमा हुने बहस तथा इजलासहरुका बारेमा प्रत्यक्ष रुपमा अवलोकन गराईएको र यसले गर्दा विद्यार्थीहरुले सहज रुपमा बुझने अभ्यास सिकाई हुने डाईनामिक विद्यालयका कानुन विषयका शिक्षक एवम् (वकिल) बिजय थापाले बताउनु भयो । डाईनामिक विद्यालयमा कानुन बिषय अध्यनरत करिव ८० जनालाई ३ समुहमा विभाजन गरि प्रत्यक समुहमा २५ देखि ३० जनालाई ३ दिन सम्मको लागि अवलोकन गर्ने गराउने प्रिन्सिपल रविन्द्र रेग्मीले बताउनु भयो र कानुन विषय पढन् पहिले यहाँका विद्यार्थीहरु नेपालगञ्ज जाने गर्थय भने तर अहिले कोहलपुर स्थित डाईनामिक विद्यालयमा संन्चालन हुनाले यहाँका विद्यार्थीलाई सहज भयको विद्यार्थीहरुले जानकारी दिएका छन् ।








