दिल्लीमा १३ जनाको मृत्यु नागरिकतासम्बन्धी प्रदर्शनमा

   कोहलपुर

 २०७६,फागुन १४

बिहण्क परियार(बिजय)

दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुन विरोधमा भएको हिंसामा १३ जनाको मृत्यु भएको छ ।

नागरिकताको पक्ष र विपक्षमा जारी प्रदर्शनकारीहरूबीच हिजो भएको हिंसक प्रदर्शनका क्रममा एक जना प्रहरी सहित १३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रदर्शनको क्रममा २ सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । दशक यताकै ठूलो हिंसा मानिएको नागरिकता सम्बन्धीको प्रदर्शनले साम्प्रदायिक स्वरूप लिन थालेको छ । पसल तथा घरहरू जलाइएका छन् भने पत्रकारहरूमाथि पनि आक्रमण गरिएको छ ।गृहमन्त्रालयले उत्तेजक बयानबाजी नगर्न चेतावनी दिएको छ तथा दिल्लीको छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाएको छ । यसैबीच दिल्लीमा प्रदर्शनले हिंसाको रुप लिन थालेपछि भारत सरकारले जाफराबाद, मौजपुर, बाबरपुर र चांदबागमा कर्फ्यू जारी गरेको छ ।

 

 

 

सम्बन्धित खवर

Back to top button