नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य

  कोहलपुर

 २०७६,फागुन १४

बिहण्क परियार(बिजय)

            नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्टियसभाको सदस्य बनाउने निर्णय गरेको छ। बुधबार बसको सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो। बैठकबाट मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने मनोनित सदस्यको रुपमा गौतमलाई सदस्य बनाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। अर्थमन्त्री युवराथ खतिवडाको यही २० गते कार्यवघि सकिँदैछ। खतिवडाको स्थानमा गौतमलाई ल्याउन लागिएको हो। गौतमलाई राष्टियसभाबाट प्रधानमन्त्री बन्‍ने बाटो खुला गराउने गत शनिवार बसेको सचिवालय बैठकले संविधान संशोधनको कार्यदल समेत बनाएको चर्चा चलेको थियो।

सम्बन्धित खवर

Back to top button