थरूहट बन्दका कारण आज पनि पश्चिम नेपालको जनजीवनमा प्रभावित

कोहलपुर

२०७६,फागुन २१

 

       थरूहट थारूवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण बर्दियासहित पश्चिम नेपालको जनजीवन प्रभावित भएको छ। बन्दका कारण बर्दिया, दाङ, बाँके, कैलाली, कञ्चनपुरलगायतका जिल्ला प्रभावित भएका हुन्। सरकारले मोर्चासँग विगतमा गरेका विभिन्न सहमति कार्यान्वयन नगरेको भन्दै मोर्चाले देशैभर दुई दिन बन्दको घोषणा गरेको हो। बन्दका कारण पश्चिम क्षेत्रबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरू सञ्चालन हुन सकेको छैन। निजी तथा सामुदायिक विद्यालय र बजारहरू समेत पूर्ण रूपमा ठप्प भएका छन्। बर्दियाको भुरिगाउँ, बासगढी, राजापुरलगायतका बजार बन्द छन्।  बन्दका कारण सर्वसाधरणमा गएको असहजताका लागि मोर्चाले आफू क्षमापार्थी रहेको र उत्पन्न सबै परिस्थितिको जिम्मेवारी नेपाल सरकार रहेको मोर्चाले बताएको छ। बन्दकोे समयावधिमा दमकल, एम्बुलेन्स, शव वाहन, सुरक्षा निकाय, औषधि बोक्ने गाडी, रेडक्रस, मानव अधिकारकर्मी, कूटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन भइरहेको आन्दोलनका बर्दिया जिल्ला संयोजक मोहनलाल चौधरीले बताए।  मोर्चाले सरकारसँग २०६५ चैत १ र २०६९ जेठ १० मा भएको १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै बन्दको आह्वान गर्नु परेको जनाएको छ।

सम्बन्धित खवर

Back to top button