इरानमा कोरोना भाइरसको संक्रमणबाट इरानी सांसदको मृत्यु


कोहलपुर
२०५६,फाल्गुन २५



इरानमा कोरोना भाइरसको संक्रमणबाट एक सांसदको मृत्यु भएको छ । शनिबार स्थानीय टेलिभिजनले जनाए अनुसार फतेमेह रहबरको मृत्यु भएको हो । ५५ वर्षीया रहबर कोरोना संक्रमित थिइन् । कन्जरभेटिभ तर्फको सांसद रहबर तेहरानबाट निर्वाचित थिइन् । यससँगै उनी कोरोनाबाट मृत्यु हुने दोस्रो इरानी सांसद हुन् । इरानमा सांसद लगायत आठजना उच्चस्तरीय व्यक्तित्व संक्रमित थिए । इरानमा कोरोना भाइरसको महामारीका कारण विश्वविद्यालय र स्कुल बन्द गरिएका छन् ।








