प्रशिक्षक प्रशिक्षण (TOT)तालिम समापन


कोहलपुर २५ फागुन : एभरेष्ट टेक्निकल कलेज कोहलपुर बाँकेले गत शुक्रबार देखी शूरु गरेको १० दिने SIYB( TOT) तालिमको समापन अाज समापन गरेको छ । पूर्व संविधान सभा सदस्य तथा सिँचाइ राज्य मन्त्रि एवं जनप्रिय नेता दल बहादुर सुनारको प्रमुख अतिथित्यमा सम्पन्न कार्यक्रममा बाँके जिल्ला प्रदेश सहकारी संघ लि. का अध्यक्ष प्रमप्रसाद सुबेदी, तालिम प्रदायक संस्था IEDI का निर्देशक तथा TOT का मुख्य प्रशिक्षक इस्वरी शर्मा, युवा उद्यमी तथा नेपाल नागरिक उधम सहकारी संस्था लि. का अध्यक्ष ललित पहाडी, केन्द्रीय EDF संजालका कोषध्यक्ष लगायतका अथितिहरुको उपस्थितिमा समापन कार्यक्रममा सहभागी कलेजका बिध्यार्थीहरुले मन्तब्य,नाच लगायतका कला प्रस्तुत गरेका थिए ।
प्रशिक्षक इस्वरी शर्मालाई बिदाई गर्दा भक्कानो छोडेर रोइरहदा सबैलाई नतमस्तक बनाएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनारले बर्तमान समाजलाई विविधतासहितको अार्थिक सम्पन्नतातिर लैजान उधमशिलताबाट मात्रै सम्भव भएकोले अबका युवा पिडिले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए।



यस्तै संघका अध्यक्ष प्रेमप्रसाद सुबेदीले बिध्यार्थीहरुको सिकाइ अनुभुतिको उच्च प्रशंसा गरेका थिए। प्रशिक्षक इस्वरी शर्माले उधम शिलता अध्ययन गरेका बिध्यार्थीहरुले जागिर भन्दा पनि स्वरोजगारी अभियानमा सक्रिय हुनुपर्ने जोड दिदै कम्तिमा 50% बिध्यार्थी अात्मनिर्भर हुनपर्ने बिचार ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै संजालकी कोषाध्यक्ष शान्ता बिकले CTEVT को प्रमाण पत्र प्राप्त गरेका उद्यम विकाश सहकर्ता लाई लोकसेवा आयोगमा भागलिन नदिनु राज्यको गलत निति भएको औँल्याउँदै जसरी व्यवस्था कायमा गराउन लागिपर्ने बताइन ।
सभापतित्व गरेका कलेजका फउन्डर बिरेन्द्र सुवेदीले कायर्क्रमको समापन गर्दै बिध्यार्थीको भबिस्य निमार्णमा महत्वपुर्ण भुमिका निर्वाह गर्न अाफु तत्पर रहेको बताएका थिए । सो कार्यक्रमको सन्चालन सन्चारकर्मी तथा कुशल उद्घोषिका कल्पना कार्कले गरेकी थिइन्।








