सार्वजनिक स्थलमा धुम्रपान र सुर्तीजन्य पदार्थ निषेध गर्दै बाँके प्रहरी


कोहलपुर
२०७६फागुन ,२६



यी हुन् सार्वजनिक स्थल
(क) राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय,
(ख) शिक्षण संस्था, पुस्तकालय, तालीम तथा स्वास्थ्य सम्बन्धी संस्था,
(ग) विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन,
(घ) बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब,
(ङ) सार्वजनिक शौचालय,
(च) उद्योग तथा कल कारखानाका कार्यस्थल,
(छ) चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला,
(ज) होटल, मोटल, रिसोर्ट, रेष्टुरेण्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह,
(झ) रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस,
(ञ) डिपार्टमेण्टल स्टोर तथा मिनी मार्केट,
(ट) धर्मशाला तथा धार्मिक स्थल,
(ठ) सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउण्टर ।
यस्तो छ, सजायको व्यवस्था
कसैले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेमा व्यवस्थापकले देहाय बमोजिम सजायको व्यवस्था रहेको छ ।
(क) धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउदा नमानेमा वा पटक पटक धूम्रपान वा सूर्ति सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिबाना वा दुवै सजाय गर्नु पर्ने,
(ख) धूम्रपान वा सूर्ति सेवन गर्ने व्यक्ति सार्वजनिक स्थलसग सम्बन्धित व्यक्ति वा कर्मचारी भएमा धूम्रपान वा सूर्ति सेवन गर्न तुरुन्त रोक लगाउने र पटक पटक धूम्रपान वा सूर्ति सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम सचेत गराउने वा अन्य विभागीय कारबाही गर्नु पर्ने ।
(२) व्यवस्थापकले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी निजलाई कानून बमोजिम अधिकारप्राप्त अधिकारीले सचेत वा विभागीय कारबाही गर्नु पर्नेछ ।
(३) व्यवस्थापकले उपदफा (१) को खण्ड (क) बमोजिम जरिबाना वापत लिएको रकम राजश्व खातामा जम्मा गर्नु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम व्यवस्थापक वा अधिकारप्राप्त अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ ।
(५) देहायको अवस्थामा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित व्यक्तिलाई देहाय बमोजिम सजाय गर्नु पर्नेछ
(क) दफा ५ बमोजिम सूचना टा“स नगरेमा पा“च हजार रुपैया“सम्म जरिबाना,
(ख) दफा ७, ८ र ९ बमोजिमको कुनै काम नगरेमा त्यस्तो सूर्तिजन्य पदार्थ जफत गरी पचास हजार रुपैयासम्म जरिबाना,
(ग) दफा १० विपरीत कुनै काम गरेमा एक लाख रुपैयासम्म जरिबाना,
(घ) दफा ११ विपरीत कुनै काम गरेमा दश हजार रुपैयासम्म जरिबाना,
(ङ) खण्ड (क), (ख), (ग) र (घ) मा लेखिएदेखि बाहेक यस ऐन विपरीत अन्य कुनै काम गरेमा पाँच हजार रुपैयासम्म जरिबाना ।
१८. पुनरावेदन स् दफा १७ को उपदफा (५) बमोजिम मुद्दा हेर्ने अधिकारीले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले सो निर्णय भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ ।








