टिप्पर को ठक्कर बाट साइकल सवार महिला को मृत्यु (पिपरी तनावग्रस्त)


कोहलपुर
२०७६ फागुन २८



बाँके जिल्ला को कोहलपुर नगरपालिका–८ पिपरीमा टिप्पर को ठक्कर बाट महिला को मृत्यु भएको छ । झण्डवा प्रवेश द्धारा बाट हाइवे तर्फ निस्कदै गरेको रा १ ख २१८८ नंम्बरको टिप्परले ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की ४५ वर्षीय रामपति थारुको ज्यान गएको हो । घटनाको विरोधमा चक्का जाम गरिएको छ । विरोधस्वरुप सडकमा टायर बालिएको छ ।कोहलपुर–नेपालगञ्ज सडक खण्डमा चल्ने सवारी साधन ठप्प भएका छन् । ठक्कर दिने चालक र टिप्परलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । 








