कोहलपुर क्षेत्रमा आन्दोलन स्थिति तनावग्रस्त

कोहलपुर

२०७६ फागुन २८

                        बाँके जिल्ला को कोहलपुर नगरपालिका–८ पिपरीमा टिप्पर को ठक्कर बाट महिला को मृत्यु भएपछि कोहलपुर तनावग्रस्त छ ।झण्डहवा प्रवेश द्धारा बाट हाइवेतर्फ आइरहेको रा १ ख २१८८ नंम्बरको टिप्परले ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की ४५ वर्षीय रामपति थारुको ज्यान गएको थियो ।घटनाको विरोधमा आन्दोलनकारीले  निरन्तर सडकमा टायर बाल्दै आन्दोलन गरिरहेका छन् । कोहलपुरको पिपिरी चोक देखि हाईस्कुल सम्म पाँच वटा स्थानमा आन्दोलनकारीले टायर बाल्दै सवारी आवागमन पूर्ण रुपमा बन्द भएको छ ।ठक्कर दिने चालक र टिप्परलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । आन्दोलनकारीहरुको टोली कोहलपुरको मुख्य सहर क्षेत्र प्रवेश गर्दैछ ।

 

सम्बन्धित खवर

Back to top button