कोहलपुरमा दुर्घटना,माइक्रो बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु


कोहलपुर
२०७६ फाल्गुन २९,



बाँकेको कोहलपुरमा माइक्रो बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मदनचोकदेखि तीव्र गतिमा आइरहेको भे१ख २१२९ नम्बरको माइक्रो बसले जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर नजिकै ठक्कर दिँदा अटो चालक बैजनाथ गाउँपालिका–२ मकैबारीका जय बहादुर रोकाको ज्यान गएको हो ।भे१ह १६५३नम्बरको अटोमा सवार अन्तय तीन जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।









