दलित एकता संजाल गठन ,कथित ४जात ३६वर्णको खारेजी गरिने ,


कोहलपुर ३० फाल्गुुुन :- कोहलपुर नगरालिका वार्ड नम्बर १२ मा वार्ड स्तरिय दलीत एकता संजालको गठन भएको छ ताजबहादुर परियारको अध्यक्षतामा गठित संजालको उपा- ध्यक्षमा बले बाँठा, सचिवमा सन्दिप परियार, कोष अध्यक्षमा गोपाल नेपाली लगायतका ११ सदस्य समितीको गठन भएको नवगठित संजाल का सचिव सन्दीप परियारले बताए । हजारौँ वर्ष देखि शोषण, दमन, र बिभेदको जंजीरमा पिल्सिएका कथित दलित समुदायको हकहित र अधिकारको क्षेत्रमा सशक्त भूमिका खेल्ने उदेश्य अनुरूप संजाल गठन भएको र यसले समाजका सम्पुर्ण जात जाती भाषा भाषीहरुको एकता र सदभावलाई कायम गर्दै वर्गीय मुक्ति आन्दोलनमा क्रियाशील रहने काम गर्ने पनि सचिव परियारले बताए । साथै उनले अब कथित कामी ,दमाई , अन्य दलित आमा बाबुबाट जन्म लिएका अबोध बालबालिकाहरूलाई जन्म सिद्ध होच्याउनेगरी जबर्जस्ती कमी ,दमाई, सार्की , गाइन् बादी लेखाएर सदाका लागि उसको आत्मा सम्मानमा कुठारा- घात गर्ने राज्यको विभेदकारी अन्धो नियम कानुन लाई सच्याउँदै सबै उत्पिडित जात जातिका बालबालिकाहरूको स्कूल देखिनै नाम थर सम्मानजनक हुने गरी सच्याउने मात्रै हैन हजारौँ वर्ष देखि दलित समुदायमाथि गरेको दमन र अन्यायको क्षतिपुर्ति सहित सबै उत्पिडित जातिको प्राप्त नागरिकता लगायतको डकुमेन्ट हरु सच्याउने अवसर पनि राज्यले एकपटक दिनुपर्ने माग सहित देश व्यापी अभियानको सुरुवात गर्ने र दलित समुदायलाई दिँदै आएको कथित कोटा र आरक्षेनको पनि सशक्त विरोध गर्दै जातको आधारमा छुट्याइने कुनैपनि ब्यबस्थालाई हटाउन पहल गर्ने तथा कथित ४जात ३६वर्णको खारेजी गर्न पनि आश्यक भूमिका खेल्ने बताए । साथै यस अभियानमा साथ दिन र जोडिन चाहने जोकोहीले ९८६७०८३७६० मा सम्पर्क गर्नहुन पनि अपील गरेका छन् ।











