तोलामा दुई हजार रुपैयाँ घट्यो

कोहलपुर
चैत ४, २०७६
सुन तोलामा दुई हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग घटेपछि भाउ घटेको व्यवसायीको भनाइ छ। कोरोना भाइरसको महामारीका कारण बढेको आर्थिक मन्दीका कारण लगानीकर्ताले डलरमा लगानी बढाउँदा सुनको भाउ घटेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। आज चँदी तोलामा एकैपटक ८० रुपैयाँ घटेको छ। हिजो ७ सय ९० रुपैयाँ तोला रहेको चाँदी आज ७ सय १० रुपैयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित खवर

Back to top button