१७ वर्षीय किशोरी माथि ट्रकभित्र सामूहिक बलात्कार

कोहलपुर
चैत ५, २०७६

 

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, तीनथानामा किशोरी बलात्कृत भएकी छन् । तीनथानाको सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।त्यस घटनामा संलग्न मध्ये ५ जनालाई लगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्का रहेका छन् ।पक्राउ परेकाहरुलाई प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

 

सम्बन्धित खवर

Back to top button